अनलाइन ठगी नियन्त्रण गर्न कम्बोडियाले आजीवन कैदसम्मको सजाय हुने नयाँ कानून लागू गरेसँगै थाइल्यान्डस्थित नेपाली दूतावासले त्यहाँ रहेका नेपालीलाई सतर्क रहन आग्रह गरेको छ।
काठमाडौँ– कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्थासहित नयाँ कानून लागू गरेको छ।
थाइल्यान्डस्थित नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङलाई अन्तरदेशीय अपराध उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न गत हप्तादेखि सो कानून लागू गरेको हो। कम्बोडिया सरकारले हाल अनलाइन स्क्यामिङ केन्द्रहरू बन्द गर्ने, नष्ट गर्ने तथा त्यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्ने अभियानलाई तीव्र बनाएको छ।
दूतावासले विभिन्न उद्देश्यले, विशेष गरी पर्यटनको बहानामा कम्बोडिया पुगी भिसा अवधि समाप्त भएपछि पनि धेरै नेपाली नागरिक त्यहाँ बसिरहेको जनाएको छ। साथै, केही नेपाली नागरिक अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्यामिङ केन्द्रहरूमा संलग्न रहेको जानकारी प्राप्त भएको दूतावासद्वारा सोमबार जारी विज्ञप्तिमा उल्लेख छ।
आफूलाई प्राप्त भिसा अवधिभन्दा बढी समय कम्बोडियामा नबस्न, कुनै पनि गैरकानूनी गतिविधिमा संलग्न नहुन तथा यदि त्यस्ता कार्यमा संलग्न रहेको भए तुरुन्त बन्द गरी नेपाल फर्कन राजदूतावासले अनुरोध गरेको छ। दूतावासले उच्च तलब तथा आकर्षक सुविधाको प्रलोभनमा परी पर्यटकीय भिसामा कम्बोडियालगायत अन्य मुलुकमा रोजगारीका लागि नजान आग्रह गर्दै आएको छ।
साथै, दूतावासले वैदेशिक रोजगारीका लागि विदेश जानुअघि नेपालस्थित वैदेशिक रोजगार विभाग तथा सम्बन्धित मुलुकमा रहेका नेपाली राजदूतावास वा नेपाली वाणिज्यदूतावाससँग सम्पर्क गर्न अनुरोध गरेको छ। रोजगारदाता संस्था तथा रोजगारीको आधिकारिकता यकिन गरी वैदेशिक रोजगार विभागबाट श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने दूतावासको भनाइ छ।
नेपाल फर्कन सहजीकरण गर्ने उद्देश्यले राजदूतावासले कम्बोडियामा रहेका नेपाली नागरिकको तथ्यांक तथा सूचना संकलन गरिरहेकाले अनलाइन फाराम भरी सहयोग गरिदिन अनुरोध गरेको छ। आफूलाई कम्बोडिया पुर्याउने व्यक्तिउपर नेपाल फर्केपछि वा कम्बोडियाबाटै पनि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोमा उजुरी गर्नसमेत अनुरोध गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
