राष्ट्रपति पौडेलबाट संसद् अधिवेशन आह्वान

राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

काठमाडौँ— राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गतेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका छन्।

मन्त्रिपरिषद्को मंगलबारको बैठकको सिफारिसअनुसार उनले आगामी शुक्रबार दिउँसो २:०० बजे नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बैठक बस्ने गरी अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम संसद्का दुवै सदनका अधिवेशन आह्वान गरेका हुन्। यसअघि सरकारले सदन अधिवेशन आह्वान गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस पठाएको थियो।