आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ।

फाइल तस्वीर

काठमाडौँ- नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार मधेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ। बाँकी तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी र बागमती प्रदेशको एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र बाँकी तराई भूभागमा आंशिक बादल लाग्नेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

त्यस्तै, आज राति  कोशी प्रदेशलगायत देशका पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ र बाँकी भूभागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेश तथा बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।  बाँकी प्रदेशका हिमाली भूभागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।