संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई ३३औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको छ।
काठमाडौँ– संवैधानिक परिषद्ले सर्वोच्च अदालतका न्यायाधीश डा. मनोजकुमार शर्मालाई प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहीबार बसेको परिषद्को बैठकले उनलाई प्रधानन्यायाधीश पदमा नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको हो। बैठकपछि सभामुख डोलप्रसाद अर्यालले भावी प्रधानन्यायाधीशमा शर्माको नाम सिफारिस भएको जानकारी दिए।
प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत ६५ वर्षे उमेर हदका कारण गत चैत १८ गते अवकाशमा गएपछि उक्त पद रिक्त थियो। राउतको अवकाशपछि हाल सपना प्रधान मल्ल कायममुकायम प्रधानन्यायाधीशका रूपमा कार्यरत छिन्।
न्याय परिषद्ले रिक्त पदका लागि वरिष्ठतम न्यायाधीश सपना प्रधान मल्लसहित कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा. मनोजकुमार शर्मा, डा. नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको नाम संवैधानिक परिषद्मा पठाएको थियो। संवैधानिक परिषद्ले वरिष्ठतम न्यायाधीशको साटो रोलक्रमको चौथो स्थानमा रहेका न्यायाधीश शर्मालाई ३३ औँ प्रधानन्यायाधीशका रूपमा सिफारिस गरेको हो।
प्रधानमन्त्रीको अध्यक्षतामा रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रिय सभाका अध्यक्ष, उपसभामुख, विपक्षी दलका नेता र कानूनमन्त्री सदस्य रहने संवैधानिक व्यवस्था छ। परिषद्को सिफारिसपछि अब संसदीय सुनुवाइको प्रक्रिया अघि बढ्नेछ। समितिले सुनुवाइबाट अनुमोदन गरेपछि राष्ट्रपतिले शर्मालाई प्रधानन्यायाधीश नियुक्त गर्ने छन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
