१५ जना अवैतानिक वाणिज्यदूत पदमुक्त

सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा कन्सुलहरूलाई पदमुक्त गरेको छ।

काठमाडौँ– सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा कन्सुलहरूलाई पदमुक्त गरेको छ। मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

सरकारका प्रवक्ता एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलका अनुसार बैठकले यही वैशाख २८ गते सोमबार अपराह्न ४:०० बजे बस्ने संघीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्नका लागि राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको छ।

बैठकले अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धि १९३० सम्बन्धी २०१४ को प्रोटोकल नम्बर २९ अनुमोदनका लागि संघीय संसद्समक्ष पेस गर्ने निर्णय गरेको छ।

त्यसैगरी, अन्तर्राष्ट्रिय श्रम संगठनकै श्रम निरीक्षणसम्बन्धी महासन्धि, १९४७ (नम्बर ८१) लाई पनि अनुमोदनका लागि संसद्समक्ष पेस गर्ने निर्णय भएको छ।