माथिल्लो मूलपानी क्रिकेट मैदानमा भएको एक दिवसीय खेलमा नेपाल ‘ए’ले अमेरिकालाई ३ विकेटले पराजित गरेको छ।
काठमाडौँ– एक दिवसीय खेलमा नेपाल ‘ए’ ले संयुक्त राज्य अमेरिकालाई पराजित गरेको छ। माथिल्लो मूलपानी क्रिकेट मैदानमा आज भएको खेलमा नेपाल ‘ए’ ले अमेरिकामाथि तीन विकेटको रोमाञ्चक जित हासिल गरेको हो। अमेरिकाले दिएको २६३ रनको लक्ष्य नेपाल ‘ए’ ले ४९.१ ओभरमा ७ विकेट गुमाएर पूरा गर्यो।
नेपालको जितमा मयन यादव नायक बने। उनले ८० बलमा ७२ रनको शानदार इनिङ्स खेल्दै टोलीलाई बलियो अवस्थामा पुर्याए। उनको इनिङ्समा चार चौका र दुई छक्का समावेश थिए। त्यसअघि प्रारम्भिक ब्याट्सम्यान त्रितराज दासले २३ रन बनाउँदा कप्तान अनिल साहले २७ रनको योगदान दिए। देव खनाल १७ रनमा आउट भए पनि सन्दीप जोराले ३६ र कुशल मल्लले ३३ रन जोडेर मध्यक्रम सम्हाले।
खेल अन्तिमतिर रोमाञ्चक बनेको अवस्थामा पवन सर्राफले विस्फोटक ब्याटिङ गरे। उनले मात्र १५ बलमा अविजित २४ रन बनाउने क्रममा एक चौका र दुई छक्का प्रहार गरे। दीपक डुम्रे दुई रनमा अविजित रहे। अमेरिकाका लागि मिलिन्द कुमारले दुई विकेट लिए भने सौरभ नेत्रवलकर, नोस्तुष केन्जिगे, रशिल उगारकर, हरमित सिंह र सञ्जय कृष्णमुर्थीले समान एक-एक विकेट लिए।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २६२ रनको योगफल तयार पारेको थियो। अमेरिकाका लागि स्मित पटेलले शतकीय इनिङ्स खेल्दै १०७ बलमा ११६ रन बनाए। उनको इनिङ्समा १० चौका र ५ छक्का समावेश थिए।
ओपनर शायन जहाँगिर ९ रनमा आउट हुँदा कप्तान मोनाङ्क पटेलले २० रन जोडे। त्यस्तै सैतेजा मुक्कामल्लाले १०, शुभम रञ्जानेले १६ र सञ्जय कृष्णमुर्थीले १५ रनको योगदान दिए। अन्तिमतिर हरमित सिंहले २५ र जसदीप सिंहले अविजित ३३ रन जोड्दै टोलीलाई चुनौतीपूर्ण स्कोरसम्म पुर्याए।
नेपाल ‘ए’ का लागि बलिङतर्फ पवन सर्राफले दुई विकेट लिए भने विपीन खत्री, शाहव आलम, बासिर अहमद, शेर मल्ल, राशिद खान र नारायण जोशीले समान एक-एक विकेट लिए।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
