नेपाली सेनाका अक्कल बहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले नेपालगन्जमा आयोजित दोस्रो संस्करणको १० किलोमिटर म्युजिक नाइट रनको उपाधि जितेका छन्।
नेपालगन्ज– दोस्रो 'नेपालगन्ज १० म्युजिक नाइट रन'को उपाधि नेपाली सेनाका अक्कलबहादुर पाल र धादिङकी सन्तोषी श्रेष्ठले जितेका छन्।
वर्ल्ड रनिङको आधिकारिक संस्था 'एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड डिस्टेन्स रेस' (एिम्स)बाट प्रमाणीकरण भएको रुटमा शनिबार राति सम्पन्न रोड रेसको १० किमी खुला पुरुषतर्फ अक्कलले ३२:१८:०० मिनेटमा निर्धारित दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। यस्तै, भूपेन्द्र सुनार ३३:०४:७७ समयका साथ दोस्रो र बाँके नरैनापुरका अरविन्द यादव ३३:०८:०९ समयका साथ तेस्रो भए।
महिला १० किमीतर्फ धादिङकी सन्तोषीले ३९:०९:०० मिनेटमा दूरी पूरा गरी स्वर्ण जित्दा बाँके कोहलपुरकी दीपशिखा शाही (४४:५८:१३) दोस्रो भइन्। पहिलो संस्करणकी विजेता बाँके नरैनापुरकी गीता साहुले ५२:२६:३० मिनेटमा निर्धारित दूरी पूरा गर्दै तेस्रो स्थानमा चित्त बुझाइन्।
संगीत र खेलकुदमार्फत सामाजिक एकता, स्वस्थ समाज र रात्रिकालीन बजारलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस प्रतियोगितामा भेट्रान (४५ वर्षमाथि) तर्फ बाँके खजुराका ५५ वर्षीय भरत श्रेष्ठ विजयी भए। उनले ५१:०३:१७ मिनेटमा दौड पूरा गरे। यसै विधामा बर्दिया गुलरियाका ६९ वर्षीय पुष्कर विश्वकर्मा दोस्रो र नेपालगन्जका ६९ वर्षीय मंगले तामाङ तेस्रो भए।
स्कुलस्तरीय ५ किमी दौडको छात्रतर्फ समीर बस्नेत, वसन्त माझी र नरेश कुँवर क्रमशः पहिलो, दोस्रो र तेस्रो भए। छात्रातर्फ स्वस्तिका शाही, अप्सरा बम ठकुरी र जनदेवी महतारा शीर्ष तीन स्थानमा परे। विजेता खेलाडीहरूलाई लुम्बिनी प्रदेशसभा सदस्य मीना श्रेष्ठ, लुम्बिनी प्रदेश खेलकुद परिषद्का सदस्य-सचिव तिरनदाज गौतम, पूर्व सदस्य-सचिव भीम ओली, आयोजक क्रिएटिभ गन्जका अध्यक्ष टीएस ठकुरी र पत्रकार महासंघ बाँकेका उपाध्यक्ष करुणा शाहलगायतले पुरस्कार तथा पदक वितरण गरेका थिए।
पहिलोपटक ‘स्कुल टु ओलम्पिक’
प्रतियोगिताकै अवसरमा नेपालगन्जमा पहिलोपटक ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमसमेत आयोजना गरिएको थियो। नेपाल ओलम्पियन एसोसिएसन, रेस नेपाल र क्रिएटिभ गन्जको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रममा ओलम्पियनहरू दीपक विष्ट, देबु थापा, सन्तोषी श्रेष्ठ, सुरेन्द्र हमाल, र पार्वती थापाका साथै साग स्वर्ण विजेताहरू दीपक श्रेष्ठ र जुनु राईले विद्यार्थीसँग अन्तरक्रिया गरेका थिए। कार्यक्रममा योगदान पुर्याउने नेपालगन्ज उपमहानगरपालिका लगायत विभिन्न सहयोगी निकायलाई सम्मानसमेत गरिएको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
