अहिले कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
काठमाडाैँ– हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणाली र स्थानीय वायुको साथै नेपालको पूर्वी भूभाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यूनचापीय क्षेत्रको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार अहिले बागमती, गण्डकी र कर्णाली प्रदेश लगायत देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा गण्डकी र कर्णाली प्रदेशको एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।
यस्तै, आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्ने र तराई भू-भागमा आंशिक बादल लाग्ने अनुमान गरिएको छ। कोशी, बागमती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशको एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको छ।
राति पनि कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा तथा कोशी प्रदेशको तराई भू-भाग लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
