प्रतिनिधिसभाको सोमबारको बैठकमा नयाँ नियमावलीको मस्यौदा पेश हुनुका साथै विभिन्न मन्त्रालयसँग सम्बन्धित आठ वटा नयाँ अध्यादेशहरू टेबल गरिएका छन्।
काठमाडौँ– प्रतिनिधिसभाको सोमबारको बैठकमा प्रतिनिधिसभा नियमावली मस्यौदा पेश गरिएको छ। मस्यौदा समितिका संयोजक गणेश पराजुलीले उक्त प्रतिवेदन पेश गरेका हुन्।
गत चैत २३ गतेको प्रतिनिधिसभा बैठकबाट १५ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो। बैठकमा मन्त्रिपरिषद्मा जिम्मेवारी हेरफेरसम्बन्धी राष्ट्रपतिको कार्यालयको सूचना वाचन गरेर सुनाइएको थियो। यस्तै, सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सात सदस्यको मनोनयनसमेत गरिएको थियो।
यसैबीच, प्रतिनिधिसभा नियमावली, २०७९ को नियम २६० बमोजिम जारी भएको बाधा अड्काउ फुकाउ आदेश अनुमोदन भएको छ। योसँगै संसद्को अधिवेशन सञ्चालन नभएको अवस्थामा सभाका विभिन्न समितिका सदस्यको नामावली हेरफेर गर्ने निर्णय अनुमोदन भयो।
प्रतिनिधिसभाको अर्को बैठक आजै ५:०० बजे बस्नेछ। संघीय संसद्को दुवै सदनको संयुक्त बैठक भने सोमबार अपराह्न ४:०० बजे बस्ने र उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरी नेपाल सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ।
आठ अध्यादेश पेश
प्रतिनिधिसभाको बैठकमा विभिन्न आठ अध्यादेश पेश भएका छन्। प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले ‘सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३’, ‘सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३’ र ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३’ पेस गरिन्। मन्त्री गौतमले नै ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ पनि पेस गरिन्।
बैठकमा अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले ‘सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३’ पेश गरे। यस्तै, स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले ‘स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले ‘विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३’ बैठकमा पेस गरे।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले ‘सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३’ बैठकमा पेश गरिन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
