राष्ट्रियसभाको बैठकमा विभिन्न मन्त्रालयसँग सम्बन्धित आठ वटा नयाँ अध्यादेशहरू टेबल गरिएका छन्।
काठमाडौँ– राष्ट्रियसभाको सोमबारको बैठकमा सरकारले यसअघि ल्याएका विभिन्न आठ अध्यादेश पेश गरिएका छन्।
प्रधानमन्त्री वालेन्द्र शाहका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले 'सार्वजनिक खरिद (दोस्रो संशोधन) अध्यादेश, २०८३', 'सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३' र 'संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) पहिलो संशोधन अध्यादेश, २०८३' बैठकमा पेश गरिन्।
यसैगरी, अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले 'सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण तेस्रो संशोधन अध्यादेश, २०८३' सभामा पेश गरे। मन्त्री सोविता गौतमले नै 'केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' पनि प्रस्तुत गरिन्।
यस्तै, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले 'सहकारी (पहिलो संशोधन) अध्यादेश, २०८३' पेश गरिन्। स्वास्थ्य तथा जनसंख्यामन्त्री निशा मेहताले 'स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३' टेबल गरेकी छन्।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले 'विश्वविद्यालयसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८३' पेश गरे।
सभाको अर्को बैठक आजै अपराह्न ५:१५ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
