देशभर औसतभन्दा कम वर्षा हुने प्रक्षेपण गरिए पनि यो मनसुनमा १९ लाखभन्दा बढी मानिस विपद्बाट प्रभावित हुन सक्ने अनुमान गरिएको छ।
काठमाडौँ– यस वर्षको मनसुन अवधिमा देशभर औसतभन्दा कम वर्षा हुने सम्भावना रहे पनि तापक्रम वृद्धि र चरम मौसमी घटनाका कारण मनसुनजन्य विपद्को जोखिम उच्च रहने आकलन गरिएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको 'मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८३' को मस्यौदामा १९ लाखभन्दा बढी जनसङ्ख्या प्रभावित हुन सक्ने अनुमान गरिएको हो।
मस्यौदा अनुसार उच्च हिमाली क्षेत्रमा हिमताल विस्फोटको जोखिम बढेको छ भने तराई तथा तल्लो भेगमा बाढी, पहिरो, डुबान, भूक्षय र आकस्मिक बाढीका घटना बढ्न सक्ने सम्भावना औँल्याइएको छ। दैनिक तापक्रम वृद्धि र तातो हावाको लहरका कारण विशेष गरी दक्षिणी तराई क्षेत्र बढी प्रभावित हुन सक्ने जनाइएको छ।
प्रतिवेदनमा मनसुन अवधिमा देशभर करिब ४ लाख ५७ हजार १४५ घरधुरीका १९ लाख ९७ हजार ७३१ जना प्रभावित हुन सक्ने अनुमान छ। प्रभावितमध्ये ५२ प्रतिशत महिला र ४८ प्रतिशत पुरुष हुन सक्ने जनाइएको छ। जोखिममा रहेकामध्ये ५ वर्षमुनिका बालबालिका करिब १ लाख ६४ हजार, ६० वर्षमाथिका ज्येष्ठ नागरिक ४ लाख १५ हजारभन्दा बढी तथा अपांगता भएका व्यक्ति करिब ४८ हजार रहेका छन्। प्रजनन उमेर समूहका महिलाको सङ्ख्या पनि उल्लेख्य रहेको प्रतिवेदनमा जनाइएको छ।
प्राधिकरणका उपसचिव रामबहादुर केसीले मनसुनजन्य विपद्बाट हुने क्षति न्यूनीकरणका लागि पूर्वसूचना प्रणाली, सुरक्षित स्थानको पहिचान, राहत सामग्री तयारी तथा उद्धार संयन्त्रलाई चुस्त बनाउन सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
जल तथा मौसम विज्ञान विभागका अनुसार यस वर्ष कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनीका अधिकांश क्षेत्र, मधेशका पूर्वी भूभाग तथा कोशी प्रदेशका दक्षिणी क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशत छ। सुदूरपश्चिमका अधिकांश भूभाग, मधेशको पश्चिमी क्षेत्र तथा कोशीको मध्य भूभागमा भने सरदरभन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
