आईसीसी विश्वकप लिग-२ : नेपालले आज स्कटल्यान्डसँग खेल्दै

नेपालले आईसीसी विश्वकप लिग-२ घरेलु मैदान त्रिवि क्रिकेट रंगशालामा हुने अन्तिम त्रिकोणात्मक शृंखलामा आज स्कटल्यान्डसँग खेलेर शुरूआत गर्दैछ।

फाइल तस्वीर

काठमाडौँ- नेपालले आईसीसी विश्वकप लिग-२ घरेलु मैदान त्रिवि क्रिकेट रंगशालामा हुने अन्तिम त्रिकोणात्मक शृंखलामा आज स्कटल्यान्डसँग खेलेर शुरूआत गर्दैछ। त्रिवि मैदानमा हुने त्रिकोणात्मक शृंखलामा नेपाल स्कटल्यान्ड र अमेरिका सहभागी छन्।

विश्वकप लिग-२ को अंक तालिकामा सातौँ स्थानमा छ। नेपालले २४ खेलमा ८ मा जित र १४ मा हारका साथ १८ अंक बनाएको छ। अमेरिका २४ खेलमा १८ मा जित र ६ मा हारसहित ३६ अंकका साथ शीर्षस्थानमा छ भने स्कटल्यान्ड २८ खेलमा १४ मा जित र ८ मा हारसहित ३४ अंकका साथ दोस्रो स्थानमा छ।

नेपाललाई २०२७ को एकदिवसीय विश्वकप छनोट खेल्ने र ओडीआई मान्यता जोगाउन यो शृंखलाका महत्वपूर्ण छ। उसले सबै खेल जिते अर्को चार वर्षका लागि ओडीआई मान्यता जोगाउन सहज हुनेछ।  

त्यसपछि नेपालले बाँकी रहेका दुई सिरिज मध्ये जुलाईमा नेदरल्यान्ड्स र नामिबिया सम्मिलित तथा अक्टोबरमा ओमान र क्यानडासँग त्रिकोणात्मक सिरिज खेल्नेछ।

भर्खरै सम्पन्न नेपाल, यूएई र ओमानसँगको सिरिजमा नेपालले ३ खेलमा जित निकाल्दै ६ अंक बटुलेको थियो।