अर्घाखाँचीको पाणिनी गाउँपालिका–८ स्थित दुर्गाफाँट कुडुलेमा भएको बस दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने २२ जना घाइते भएका छन् ।
अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, दुर्गाफाँट कुडुलेमा बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। दुर्घटनामा अन्य २२ जना घाइते भएका छन्।
पर्वतबाट अर्घाखाँचीको सुपा देउराली दर्शनका लागि आएको ग १ ख ५०४ नम्बरको बस फर्कने क्रममा अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले जानकारी दिए। उनका अनुसार अहिले घटनास्थलमा सुरक्षाकर्मी र स्थानीयको सहयोगमा उद्धारकार्य भइरहेको छ।
पाणिनी गाउँपालिकाका पूर्वअध्यक्ष अच्युत गौतमका अनुसार घाइतेहरूलाई थप उपचारका लागि पाल्पा र अर्घाखाँची अस्पताल पठाउने क्रम जारी छ। घटनाको विस्तृत विवरण र मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
