अर्घाखाँचीको पाणिनीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ २६ जना घाइतेको उपचार भइरहेको प्रहरीले जनाएको छ।
अर्घाखाँची– अर्घाखाँचीको पाणिनी गाउँपालिका–८, कोल्डाँडास्थित भित्री सडकखण्डमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या चार पुगेको छ।
सुपादेउरालीबाट पर्वततर्फ जाँदै गरेको ध १ ख ५०४ नम्बरको बस फर्कने क्रममा मंगलबार दिउँसो अनियन्त्रित भई सडकबाट करिब १२० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) दिवसबहादुर जिसीले जानकारी दिए।
प्रहरीका अनुसार दुर्घटनामा परेका कुल ३० जनामध्ये दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो। बाँकी २६ जना घाइतेहरूको अहिले विभिन्न अस्पतालमा उपचार जारी छ।
घाइतेमध्ये २० जनाको पाल्पास्थित मिसन अस्पतालमा र ६ जनाको जिल्ला अस्पताल सन्धिखर्क, अर्घाखाँचीमा उपचार भइरहेको छ। प्रहरीले घटनाको कारणबारे थप अनुसन्धान भइरहेको बताएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
