आईसीसी क्रिकेट विश्वकप लिग–२ : नेपालले आज अमेरिकासँग खेल्दै

आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत घरेलु मैदानमा जारी त्रिकोणात्मक शृंखलाको आफ्नो दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ।

फाइल तस्वीर

काठमाडौँ– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत जारी त्रिकोणात्मक शृंखलामा आज अमेरिकासँग खेल्दैछ। खेल  त्रिवि क्रिकेट रंगशालामा, कीर्तिपुरमा ९:३० बजे शुरू हुनेछ।

त्रिकोणात्मक शृंखलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन्। नेपाल पहिलो खेलमा स्कटल्यान्डसँग २ रनले पराजित भएको थियो। वर्षाले प्रभावित खेलमा डकवर्थ–लुइस पद्धतिका आधारमा नेपाल पराजित भएको थियो।

विश्वकप लिग–२ को अंक तालिकामा नेपाल सातौँ स्थानमा छ। नेपालले २५ खेलमा ८ जित र १५ हारसहित १८ अंक बनाएको छ। अमेरिका २५ खेलमा १८ जित र ७ हारसहित ३६ अंकका साथ दोस्रो स्थानमा छ भने स्कटल्यान्ड ३० खेलमा १६ जित र ८ हारसहित ३८ अंकका साथ पहिलो स्थानमा छ।