कुशल भुर्तेलको अविजित शतक र दीपेन्द्रसिंह ऐरीको चार विकेटको मद्दतले नेपालले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ।
काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु शृंखलामा नेपालले अमेरिकाविरुद्ध नौ विकेटको जित हासिल गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट रंगशालामा शनिबार भएको खेलमा अमेरिकाले दिएको १९६ रनको लक्ष्य नेपालले मात्र एक विकेट गुमाएर ३६.४ ओभरमा पूरा गर्यो।
नेपालको जितमा ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले १५४ रनको उत्कृष्ट साझेदारी गरे। भुर्तेलको सानदार शतक र अविजित प्रदर्शनका कारण नेपालले लक्ष्य सहजै भेट्टाएको हो।
उनले १३ चौका र चार छक्काको मद्दतमा ११८ बल खेल्दै १२० रनको योगदान दिए। अर्का ओपनर आसिफ भने ७२ बलमा आठ चौकाको मद्दतमा ५८ रन बनाएर आउट भए।
यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अमेरिका ४३.३ ओभरमा १९५ रनमा समेटिएको थियो। अमेरिकाका लागि ओपनर स्मित पटेलले सर्वाधिक ८४ रन बनाए।
उनले ८९ बल खेल्दै आठ चौका र तीन छक्का प्रहार गरे। त्यस्तै, शेहान जयसुरिया ५२ बलमा एक छक्का प्रहार गर्दै ५० रन बनाएर आउट भए।
अमेरिकालाई कम रनमा रोक्ने क्रममा नेपालका लागि दीपेन्द्रसिंह ऐरीले घातक बलिङ गर्दै चार विकेट लिए। सोमपाल कामीले दुई तथा सन्दीप लामिछाने र गुल्सन झाले समान १–१ विकेट लिए।
यो जितसँगै खेल तालिकाको सातौँ स्थानमा रहेको नेपालले २० अंक जोडेको छ। छैटौँ स्थानमा रहेको क्यानडाको २१ र पाँचौँ स्थानमा रहेको नामिबियाको २२ अंक छ। तालिकाको पुछारमा रहेको यूएईको १४ अंक छ भने स्कटल्यान्ड ३८ अंकसहित शीर्ष स्थानमा छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
