मर्दी हिमाल पदयात्राका क्रममा भ्युपोइन्टबाट हराएका काठमाडौँका भिक्षु धामिसरो चार दिनपछि खोँचमा मृत फेला परेका छन्।
कास्की– मर्दी हिमाल पदयात्राका क्रममा मर्दीको ‘भ्युपोइन्ट’बाट गत वैशाख ३० गतेदेखि हराएका एक पर्यटक आज मृत फेला परेका छन्। हराएका व्यक्ति काठमाडौँको सङ्घाराम बुद्धविहारका भिक्षु धामिसरो रहेको पछि पहिचान भएको हो।
सुरक्षाकर्मी तथा स्थानीय पर्यटन व्यवसायीसहितको टोलीले खोजी गर्ने क्रममा मर्दी हिमालको माथिल्लो भ्युपोइन्टस्थित ठूलो पहाडमुनिको खोँचमा शव फेला पारेको मर्दी ट्रेक व्यवस्थापन समितिका अध्यक्ष राजकुमार तामाङले जानकारी दिए। उनका अनुसार हिउँमा केही डाम देखिएपछि सोही आधारमा उद्धार टोली खोजी गर्दै जाँदा भिरबाट धेरै तल कपडा देखिएको र करिब तीन घण्टा लगाएर टोली तल झरेको थियो।
अध्यक्ष तामाङले कठिन भौगोलिक अवस्थाका कारण शव उद्धार गर्न नसकिएको बताए। “अप्ठ्यारो भूगोलका कारणले मानिसले बोकेर माथि ल्याउन सकिने अवस्था छैन। हेलिकप्टरबाट उद्धारका लागि प्रशासन, प्रहरी र गाउँपालिकालाई जानकारी गराएका थियौँ। चार घण्टासम्म कुर्दासमेत हेलिकप्टर नआएपछि हामी पुनः हाइक्याम्प फर्किएका छौँ,” तामाङले भने।
मर्दीको लो क्याम्पमा बास बसेर भोलिपल्ट समुद्री सतहबाट ४ हजार २०० मिटर उचाइमा अवस्थित मर्दीको भ्युपोइन्ट पुगेका उनी ‘टी-शप’मा आफ्नो झोला राखेर ‘केही बेर वरिपरिको दृश्यावलोकनका लागि जान्छु’ भन्दै निस्किएका थिए।
भिक्षु साँझसम्म नफर्किएपछि भोलिपल्ट स्थानीयले खोजी शुरू गरेका थिए। दुई दिनसम्म खोजी गर्दा पनि उनी फेला परेका थिएनन्। सुरक्षाकर्मी पुगेपछि स्थानीयसहितको टोलीले पुनः खोजी अघि बढाउँदा शनिबार शव फेला परेको हो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
