कावासोतीमा कार दुर्घटना हुँदा चालकको मृत्यु

नवलपुरको खरकट्टा जंगल क्षेत्रमा कार अनियन्त्रित भई पल्टिँदा घाइते भएका चालकको उपचारका क्रममा मृत्यु भएको छ।

नवलपरासी– पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोती नगरपालिका–८, खरकट्टा जंगल क्षेत्रमा आइतबार कार दुर्घटना हुँदा चालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक अनिल पण्डितका अनुसार नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु१च ३५२३ नम्बरको कार अनियन्त्रित भई पल्टिएको थियो। 

दुर्घटनामा कार चालक महोत्तरीको मटिहानी नगरपालिका–३ का ६० वर्षीय श्रीनारायण यादवको मृत्यु भएको प्रहरी नायब उपरीक्षक पण्डितले बताए।

दुर्घटनामा गम्भीर घाइते भएका यादवको उपचारका क्रममा मध्यविन्दु प्रादेशिक अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।