नेपाल २६ खेलमा ९ जित, १५ हार र २ खेलमा नतिजाविहीन हुँदै २० अंकसहित सातौँ स्थानमा छ।
काठमाडौँ– नेपालले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत आज स्कटल्यान्डसँग खेल्दैछ। खेल त्रिवि क्रिकेट रंगशालामा बिहान ९:३० बजे शुरू हुनेछ।
त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्डसँगको दोस्रो खेल खेल्न लागेको हो। वर्षाले प्रभावित पहिलो खेलमा नेपाल स्कटल्यान्डसँग डकवर्थ–लुइस पद्धतिका आधारमा २ रनले पराजित भएको थियो।
विश्वकप लिग–२ को अंक तालिकामा स्कटल्यान्ड पहिलो स्थानमा छ। स्कटल्यान्डले ३० खेलमा १६ जित, ८ हार र ६ खेलमा नतिजाविहीन हुँदै ३८ अंक बनाएको छ। नेपाल २६ खेलमा ९ जित, १५ हार र २ खेलमा नतिजाविहीन हुँदै २० अंकसहित सातौँ स्थानमा छ।
त्रिवि क्रिकेट मैदानमा जारी त्रिकोणात्मक शृंखलामा नेपाल, स्कटल्यान्ड र अमेरिका सहभागी छन्। नेपालले आफ्नो दोस्रो खेलमा भने अमेरिकालाई ९ विकेटले पराजित गरेको थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
