नेपाल मेडिकल काउन्सिलले ३६ जना गैरआवासीय नेपाली चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने निर्णय तत्कालका लागि स्थगन गरेको छ।
काठमाडौँ– नेपाल मेडिकल काउन्सिल (एनएमसी)ले ३६ जना गैरआवासीय नेपाली (एनआरएन) चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने अघिल्ला निर्णय तत्कालका लागि स्थगन गरेको छ। काउन्सिलको वैशाख २९ गते बसेको बैठकले यस्तो निर्णय गरेको काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले जानकारी दिए।
काउन्सिलले यसअघि विदेशी नागरिकता लिएको भन्दै पटक-पटक गरेर ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरेको थियो। सो निर्णयसम्बन्धी सूचना गत वैशाख ११ र वैशाख १८ गते गोरखापत्र दैनिकसमेत प्रकाशित गरिएका थिए। निमित्त रजिस्ट्रार पाण्डेका अनुसार बैठकले ती दुवै सूचनालाई तत्कालका लागि स्थगन गर्दै उल्लेखित ३६ जना चिकित्सकहरूको दर्तालाई हालका लागि यथावत् राख्ने सर्वसम्मत निर्णय गरेको हो।
यसअघि चिकित्सकहरूको लाइसेन्स खारेज गर्ने काउन्सिलको नीतिले विदेशबाट नेपाल भित्रिने प्रविधि, सीप र सहयोग सधैँका लागि बन्द गरिदिने जोखिम बढेको भन्दै स्वास्थ्य क्षेत्रमा चिन्ता र आलोचना भएको थियो। विभिन्न संघसंस्थाले खारेज गरिएका ३६ जनाको दर्ता तत्काल पुनः कायम गर्न, थप कारबाही रोक्न र आपसी छलफलबाट साझा समाधान खोज्न माग गरेका थिए। यसबारेमा उकालोले विस्तृत रिपोर्ट प्रकाशन गरेको थियो।
साथै, बैठकले विदेशमा रहेका वा विदेशी नागरिकता लिएका सबै गैरआवासीय नेपाली चिकित्सकहरूलाई काउन्सिलको 'गैरआवासीय नेपाली चिकित्सक'का रूपमा दर्ता हुनका लागिसमेत आह्वान गर्ने निर्णय गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
