आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको छ।
काठमाडौँ– आइसिसी पुरुष विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले अमेरिकालाई १२२ रनको फराकिलो अन्तरले पराजित गरेको छ।
कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सम्पन्न खेलमा ३१८ रनको लक्ष्य पछ्याएको अमेरिका ४१.२ ओभरमा १९५ रन बनाउँदा अलआउट भयो।
अमेरिकालाई अलआउट गर्ने क्रममा सन्दीप लामिछानेले तीन विकेट लिए भने ललित राजवंशी, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले दुई–दुई विकेट लिए। यस्तै सोमपाल कामीले एक विकेट हात पारे।
अमेरिकाका लागि सञ्जय कृष्णमूर्तीले सर्वाधिक ५६ रन बनाए। साथै नोथुष केन्जिगेले २९, शयान जहाङ्गिरले २७, शेहान जयसूर्याले २६ र कप्तान शैतेजा मुक्कामुल्लाले २२ रन जोडे।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा ३१७ रनको योगफल तयार पारेको थियो।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रनको योगदान दिए। उनले ८३ बल खेल्ने क्रममा ८ चौका र १ छक्का प्रहार गरे। यस्तै दीपेन्द्रसिंह ऐरीले ५९ रन, कप्तान रोहित पौडेलले ४६, आशिफ शेखले ४३, कुशल भुर्तेलले २९, आरिफ शेखले १८ र गुल्सन झाले १५ रन जोडे।
अमेरिकाका लागि शुभम रन्जानेले तीन विकेट लिए भने मिलिन्द कुमार र रुसिल उगारकरले समान एक–एक विकेट लिए।
आजको जितसँगै नेपालले अङ्क तालिकामा २८ खेलबाट ११ जित, १५ हार र दुई अनिर्णितसहित २४ अङ्क जोडेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
