गृह मन्त्रालयले हुम्ला र बाजुराको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न एसएसपीको संयोजकत्वमा छानबिन टोली गठन गरेको छ।
काठमाडौँ– सरकारले हुम्ला र बाजुरा जिल्लाको सीमा क्षेत्रमा भएको घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)को संयोजकत्वमा एक छानबिन टोली गठन गरेको छ। आइतबार सिंहदरबारमा बसेको आकस्मिक बैठकले उक्त टोली गठन गर्ने निर्णय गरेको हो। मन्त्रालयले छानबिन टोलीलाई तुरुन्त कार्यस्थलमा खटिन र प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेद्वारा जारी प्रेस विज्ञप्तिअनुसार घटनाको जानकारी प्राप्त हुनासाथ नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बलको विशेष टोली सो क्षेत्रमा परिचालन गरिएको छ। सीमा क्षेत्रमा नागरिकको सुरक्षा सुनिश्चित गर्न र शान्ति सुव्यवस्था कायम राख्नुका साथै स्थिति नियन्त्रणका लागि दुवै सुरक्षा निकायलाई थप संख्यामा सुरक्षाकर्मी परिचालन गर्न निर्देशन दिइएको मन्त्रालयले जनाएको छ।
यसैगरी, मन्त्रालयले जिल्ला सुरक्षा समितिलाई निरन्तर उच्च सतर्कता अपनाउन र सुरक्षा रणनीति तय गर्न निर्देशन दिएको छ। विवादको स्थायी समाधान र समन्वयका लागि जनप्रतिनिधि एवं सरोकारवाला निकायहरूसँग पटक–पटक समन्वयात्मक बैठकहरू आयोजना गरी पहलकदमी अगाडि बढाइएको विज्ञप्तिमा उल्लेख छ।
गृह मन्त्रालयले नागरिकको जीउधनको रक्षा र सीमा क्षेत्रमा शान्ति कायम राख्न मन्त्रालय प्रतिबद्ध रहेको जनाउँदै दुवै जिल्लाका नागरिकहरूलाई संयम अपनाउन हार्दिक अनुरोधसमेत गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
