नेपाली महिला क्रिकेट टोलीले आज इन्डोनेसियासँग खेल्दै

नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आज इन्डोनेसियासँग खेल्दैछ।

नेपाली महिला क्रिकेट टोलीले आज इन्डोनेसियासँग खेल्दै
नेपाल क्रिकेट संघ

काठमाडौँ– नेपाली महिला क्रिकेट टोलीले एसियन गेम्स महिला क्रिकेट छनोटअन्तर्गत आज इन्डोनेसियासँग खेल्दैछ। खेल मलेसियाको क्वालालम्पुरमा नेपाली समयअनुसार बिहान ११:४५ बजे शुरू हुनेछ।

नेपाल र इन्डोनेसिया समूह ‘बी’ मा रहेका छन्। नेपालले पहिलो खेलमा चीनलाई पराजित गर्दै विजयी शुरूआत गरेको थियो। इन्डोनेसिया भने आफ्नो पहिलो खेलमा पराजित भएको थियो।

समूह ‘बी’ को अंक तालिकामा नेपाल १ खेलबाट २ अंकसहित शीर्षस्थानमा छ। इन्डोनेसिया भने पहिलो खेल गुमाउँदै अंकविहीन छ।