कर्मचारीतन्त्रलाई उच्च कार्यसम्पादनयुक्त, कुशल र जबाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी तथा शिक्षक सेवाका सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ।
काठमाडौँ– सरकारले मूल्य अभिवृद्धि कर (भ्याट) मा बहुदर प्रणालीको सान्दर्भिकताबारे अध्ययन गरी सुझाव पेस गर्न उच्चस्तरीय सुझाव समिति गठन गर्ने भएको छ।
संघीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्रीले कर प्रणाली, प्रशासनिक संरचना तथा कानूनी व्यवस्थामा व्यापक सुधार गर्ने घोषणा गरे।
उनले कर प्रशासनलाई दण्डात्मक नभई विकासको सहयात्री बनाउने नीति अघि सारिएको बताए। यस्तै, करदातामैत्री वातावरण निर्माण गर्दै लामो समयदेखि कायम कर विवाद समाधानका लागि विशेष छुट तथा सहुलियत योजना पनि अघि सारिएको उनले उल्लेख गरे।
नयाँ व्यवस्था अनुसार, सरकार वा करदाता पक्षबाट अदालत तथा अन्य न्यायिक निकायमा विचाराधीन रहेका कर विवादमा तोकिएको कर रकममा एक प्रतिशत थप गरी निर्धारित अवधिभित्र बुझाएमा मुद्दा फिर्ता लिइने छ। साथै त्यस्ता मुद्दाको शुल्क, जरिवाना, थप दस्तुर, विलम्ब शुल्क तथा ब्याजसमेत मिनाहा गरिने व्यवस्था प्रस्ताव गरिएको छ।
सरकारले संघीय प्रशासनिक संरचनालाई थप चुस्त र परिणाममुखी बनाउने नीति पनि अघि सारेको छ। संघीय मन्त्रालयको संख्या २२ बाट घटाएर १८ मा सीमित गरिसकिएको उल्लेख गर्दै अर्थमन्त्रीले अब विभाग, कार्यालय तथा दरबन्दी कटौतीमार्फत बचत हुने स्रोत प्रशासनिक दक्षता अभिवृद्धिमा प्रयोग गरिने बताए। सो व्यवस्थाअन्तर्गत ३१ निकाय खारेज, ६ निकाय ‘मर्जर’, ६ निकाय हस्तान्तरण तथा १८ निकायको पुनर्संरचना गरिने छ।
कर्मचारीतन्त्रलाई उच्च कार्यसम्पादनयुक्त, कुशल र जबाफदेही बनाउने उद्देश्यले निजामती, जंगी, प्रहरी तथा शिक्षक सेवाका सुविधा सम्मानजनक रूपमा निरन्तर वृद्धि गर्ने प्रतिबद्धता सरकारले व्यक्त गरेको छ।
बजेटमा साधारण खर्च नियन्त्रणलाई प्रमुख प्राथमिकतामा राखिएको छ। कार्यालय सञ्चालन खर्च उल्लेख्य रूपमा घटाइएको जनाउँदै अर्थमन्त्रीले तालिम केन्द्र बाहिर सञ्चालन हुने तालिम खर्च, क्यामरा, टेलिभिजनलगायत उपकरण खरिदमा विनियोजन हटाइएको जानकारी दिए। त्यस्तै, विभिन्न शीर्षकमा अतिरिक्त सुविधा दिने प्रचलन अन्त्य गरिने बजेटमा उल्लेख छ।
सार्वजनिक संस्थानका पदाधिकारी तथा कर्मचारीलाई सोही संस्थानबाट उत्पादित वस्तु तथा सेवा खरिदमा दिइँदै आएको छुट सुविधा पनि हटाइएको छ। गाभिएका वा खारेज भएका निकायको दरबन्दी मिलान तथा दायित्व व्यवस्थापन पूरा नभएसम्म ती निकायका लागि छुट्याइएको रकम रोक्का गरिने व्यवस्था गरिएको छ। यसबाट करिब २० अर्ब रुपैयाँ बराबरको बचत हुने प्रारम्भिक अनुमान अर्थमन्त्रीको छ।
लगानी प्रवर्द्धन, आर्थिक सुधार तथा सहज सेवा प्रवाहका लागि दर्जनौँ ऐन, नियम, कार्यविधि तथा निर्देशिकाको निर्माण, संशोधन वा प्रतिस्थापन गरिने छ। अप्रासंगिक भइसकेका १५ वटा कानून तत्काल खारेज गर्न केही नेपाल ऐन संशोधन विधेयक संसद्मा प्रस्तुत गरिने छ। कम्पनी कानुनमा संशोधन गरी स्वार्थको द्वन्द्व, विवरण खुलासालगायत विषयमा स्पष्टता कायम गरिने तथा कम्पनी खारेजी प्रक्रियालाई थप सहज र व्यवस्थित बनाउने व्यवस्था बजेटले गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
