एसियन गेम्स छनोट
एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
काठमाडौँ– एसियन गेम्स महिला क्रिकेट छनोट प्रतियोगिताको दोस्रो सेमिफाइनलमा नेपालले घरेलु टोली मलेसियासामु १२७ रनको लक्ष्य प्रस्तुत गरेको छ।
मलेसियाको क्वालालम्पुरमा जारी खेलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १२६ रन बनायो।
नेपालका लागि कप्तान इन्दु बर्माले सर्वाधिक अविजित ४६ रन बनाइन्। उनले ४१ बल खेल्दै पाँच चौका प्रहार गरिन्। अन्तिम दुई ओभरमा आक्रामक ब्याटिङ गरेकी कविता कुँवरले १५ बलमा चार चौका र एक छक्काको मद्दतमा ३३ रन जोडिन्।
रुबी पोद्दारले १७, पूजा महतोले १५, सोनी पाख्रिनले ६ तथा सम्झना खड्काले २ रन बनाइन्। सीता राना मगर ८ बलमा ५ रन बनाएपछि रिटायर्ड आउट भएकी थिइन्।
मलेसियाका लागि विनिफ्रेड डुराइसिङगमले २ विकेट लिइन्। आइस्या एलिसा र महिराह इज्जाती इस्माइलले समान १–१ विकेट हात पारे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
