प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति सांसदहरूले विरोध जनाउँदै अवरोध गरेपछि राष्ट्रियसभाको सोमबारको दोस्रो बैठक कार्यसूचीमै प्रवेश नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ।
काठमाडौँ– राष्ट्रियसभाको सोमबारको दोस्रो बैठक कार्यसूचीमा प्रवेश नै नगरी मंगलबारसम्मका लागि स्थगित भएको छ।
राष्ट्रियसभाको आजको पहिलो बैठकमा आकस्मिक समय लिएर बोल्ने सांसदहरूले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री वालेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति विमति जनाएका थिए। प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादका सम्बन्धमा दिएको अभिव्यक्तिप्रति सांसदहरूले विरोध जनाएका हुन्।
बैठकको सुरुमै आकस्मिक समय माग गर्दै सांसद रन्जित कर्णले आइतबार प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै सो सम्बन्धमा स्पष्ट पार्न माग गरे।
सांसद कर्णपछि बोलेका सांसदहरू राजेन्द्रलक्ष्मी गैह्रे, रामकुमारी झाँक्री र तुलप्रसाद विश्वकर्माले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा सरकारले स्पष्ट पार्नुपर्ने माग गरे। आकस्मिक समय सकिएलगत्तै सांसदहरूले सीमा मिचेको विषयमा सरकारको आधिकारिक धारणा माग गर्दै आसनबाट उभिएर विरोध जनाए।
सांसदहरूले बैठक सञ्चालनमा निरन्तर विरोध र व्यवधान गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित गरे।
त्यसपछि सुरु भएको दोस्रो बैठकमा पनि सांसदहरूले विरोध जारी राखेपछि अध्यक्ष दाहालले भोलि (जेठ १९ गते) मंगलबार दिउँसो १:१५ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरे।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
