आइतबारको बैठकमा सांसदहरूले अमर्यादित व्यवहार गर्दै भौतिक क्षति पुर्याएपछि सभामुखले सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
काठमाडौँ– आइतबारको बैठकमा सांसदहरूले अमर्यादित व्यवहार गर्दै भौतिक क्षति पुर्याएपछि प्रतिनिधिसभाले सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरेको छ।
प्रतिनिधिसभाको सोमबारको बैठकले संसद्को आइतबारको बैठकमा सांसदहरूले अमर्यादित र आपत्तिजनक व्यवहार गरेको भन्दै यो समिति गठन गरेको हो।
सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका सचिव अधिकारीको संयोजकत्वमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना प्रमुख र प्रविधि महाशाखा प्रमुख सदस्य रहने गरी निर्णय गरेका हुन्। उक्त समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा केही सांसदले अमर्यादित र आपत्तिजनक व्यवहार प्रदर्शन गरी भौतिक क्षतिसमेत पुर्याउने काम गरेको सभामुखले जानकारी गराए।
प्रतिपक्षले सोमबार पनि सदन अवरुद्ध गरेपछि सोमबारका लागि तय भएका बैठकको कार्यसूचीका विषयहरू हटाइएको छ। प्रतिनिधिसभाको अर्को बैठक भोलि जेठ १९ गते १ बजे बस्नेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
