एसीसी महिला प्रिमियर कप

क्वार्टरफाइनलमा नेपालले आज थाइल्यान्डसँग खेल्दै

एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्वार्टरफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ।

फाइल तस्वीर

काठमाडौँ– एसीसी महिला प्रिमियर कप क्रिकेट प्रतियोगिताअन्तर्गत नेपालले आज क्वार्टरफाइनलमा थाइल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ। मलेसियाको क्वालालम्पुरमा हुने खेल नेपाली समयअनुसार बिहान ७:१५ बजे शुरू हुनेछ।

टस जितेको थाइल्यान्डले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। 

नेपाल समूह ‘डी’ को उपविजेता बन्दै अन्तिम आठमा पुगेको हो। नेपालले समूह चरणमा कतार र भुटानलाई पराजित गरेको थियो भने हङकङसँग ६९ रनको हार बेहोरेको थियो। 

थाइल्यान्ड भने प्रतियोगिताको बलियो टोलीमध्ये एक मानिन्छ। थाइल्यान्ड समूह ‘ए’को बिजेता बन्दै क्वार्टरफाइनलमा पुगेको हो।