भारतको नयाँ निर्यात नीतिका कारण नेपाली चिया बजार ठप्प भएपछि झापाका उद्योगीहरूले बिहीबारदेखि चिया बगान र उद्योग पूर्ण रूपमा बन्द गर्ने घोषणा गरेका छन्।
झापा– नेपाली चिया उद्योग गम्भीर संकटमा परेको भन्दै चिया उद्योगीहरूले बिहीबारदेखि अनिश्चितकालका लागि चिया उद्योग तथा बगान बन्द गर्ने जनाएका छन्।
भारतीय चिया बोर्डले लागू गरेको नयाँ नियम ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी)का कारण नेपाली चिया भारततर्फ निर्यात हुन नसकेपछि यहाँस्थित चिया उद्योगीले उक्त कदम चालेका हुन्।
नेपालमा उत्पादित सीटीसी तथा अर्थोडक्स चियाको वार्षिक कारोबार करिब १२ देखि १४ अर्ब रुपैयाँ रहेको र त्यसमध्ये करिब पाँच अर्ब रुपैयाँ बराबरको चिया भारत निर्यात हुने गरेको नेपाल चिया उत्पादक संघका महासचिव शुक्र दाहालले बताए।
नेपाल चिया उत्पादक संघ झापाले बुधबार भद्रपुरमा पत्रकार सम्मेलनको आयोजना गरी बिहीबारदेखि चिया उद्योग र चिया बगान बन्द गर्ने जनाउ दिएको छ।
उनले विकल्पमा बांग्लादेश, पाकिस्तानलगायतका तेस्रो मुलुकमा चिया निर्यात गर्न सकिने बताउँदै त्यसतर्फ निर्यातका लागि पहल गरिदिन सरकारसँग माग गरे। चिया क्षेत्रले करिब ६० हजार श्रमिक तथा कर्मचारीलाई रोजगारी प्रदान गरेको छ भने वार्षिक एक अर्ब रुपैयाँ राजस्व बुझाउँदै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
