गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा २-३ दिनमा मनसुन विस्तार हुने सम्भावना रहेको छ।
काठमाडौँ- कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण भूभाग, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी भूभागको थोरै स्थानमा मनसुनी वायुको प्रभाव रहेको छ। अन्य भूभागमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। गण्डकी र लुम्बिनी प्रदेशका बाँकी भूभाग, कर्णाली र सुदूरपश्चिम प्रदेशका सम्पूर्ण भूभागमा २-३ दिनमा मनसुन विस्तार हुने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश प्रदेश तथा देशका पहाडी र हिमाली भूभागमा साधाराणतया बादल लागेको छ र तराईका भूभागमा आंशिक बादल लागेको छ। देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती र लुम्बिनी प्रदेशका थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का देखि वर्षा मध्यमसम्मको भइरहेको छ।
आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थानमा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भूभागका केही स्थान मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षा र हिमपातको सम्भावना छ। देशका तराई भूभागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना छ। कोशी प्रदेशका पहाडी र तराई भूभागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। कोशी प्रदेशका तराई र मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ।
त्यस्तै, आज राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थान तथा हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी प्रदेशका थोरै स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। मधेश, बागमती, गण्डकी प्रदेशका एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
