पाराग्वेले फिफा विश्वकप २०२६ को नकआउट चरणमा जर्मनीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
काठमाडौँ– पाराग्वेले फिफा विश्वकप २०२६ को नकआउट चरणमा जर्मनीलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको छ।
अमेरिकाको बोस्टन स्टेडियममा मंगलबार बिहान भएको खेलको निर्धारित ९० मिनेट र त्यसपछिको अतिरिक्त समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। सुटआउटमा पाराग्वे ४–३ ले विजयी हुँदै प्रतियोगिताको अन्तिम १६मा पर्न सफल भयो।
पाराग्वेका लागि पहिलो हाफको ४२औँ मिनेटमा जुलियो एन्सिसोले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका थिए। जर्मनीका लागि ५४औँ मिनेटमा काई हाभर्ट्जले बराबरी गोल फर्काएका थिए। त्यसपछि दुवै टोलीबाट थप गोल हुन नसकेपछि खेल अतिरिक्त समयमा पुगेको थियो।
यस जितसँगै पाराग्वे अन्तिम १६ मा प्रवेश गरेको छ भने चार पटकको विश्वविजेता जर्मनी प्रतियोगिताबाट बाहिरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
