यस्तो छ आजको माैसम पूर्वानुमान

मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।

काठमाडाैँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यूनचापीय रेखा नेपालको पूर्वी भू-भागतर्फ सरदरभन्दा दक्षिणमा र पश्चिमी भू-भागतर्फ सरदर स्थानको आसपास अवस्थित छ।

महाशाखाले बिहान ८ बजे जारी गरेको माैसम बुलेटिनअनुसार हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम, कोशी प्रदेशको पहाडी र तराई भू-भाग, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ। कोशी प्रदेशको हिमाली भू-भाग, मधेश प्रदेश, बागमती र गण्डकी प्रदेशको तराई भू-भागमा आंशिक बादल लागेको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा, कोशी प्रदेशको थोरै स्थानमा साथै बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मध्यमसम्मको वर्षा भइरहेको छ।‌

आज दिउँसो देशका हिमाली र पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ।  गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागमा पनि साधारणतया बादल लाग्नेछ। कोशी, मधेश र बागमती प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।  देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। देशका पहाडी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू-भागका पनि केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेश साथै कोशी र बागमती प्रदेशका तराई भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागको साथै कोशी प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना छ। मधेश प्रदेश साथै कोशी प्रदेशको तराई भू-भागका केही स्थानमा हावाहुरीको समेत सम्भावना छ।​​​​​​​

यस्तै राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्नेछ। बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ भने मधेश प्रदेश साथै बागमती, गण्डकी प्रदेशका तराई भू-भागमा आंशिक बादल लाग्नेछ।

देशका हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। कोशी प्रदेश साथै सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानमा स्थानमा, कर्णाली प्रदेशका पहाडी भू-भाग, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका थोरै स्थानमा  मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। मधेश प्रदेशका एक(दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भू-भागका साथै कोशी प्रदेशको पहाडी भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।