साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्।
काठमाडौँ- साविक विजेता अर्जेन्टिना र स्विट्जरल्यान्ड फिफा विश्वकप फुटबलको क्वार्टरफाइनलमा प्रवेश गरेका छन्। राउन्ड अफ १६ अन्तर्गत मंगलबार राति र बुधबार बिहान सम्पन्न खेलमा अर्जेन्टिनाले इजिप्टलाई ३–२ ले तथा स्विट्जरल्यान्डले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ ले पराजित गर्दै अन्तिम आठमा स्थान सुरक्षित गरेका हुन्।
अटलान्टामा भएको खेलमा अर्जेन्टिनाले दुई गोलले पछि परेको अवस्था उल्टाउँदै रोमाञ्चक जित निकाल्यो। इजिप्टका यासेर इब्राहिम र मोस्ताफा जिकोको गोलमा २–० ले पछि परेको अर्जेन्टिनाका लागि अन्तिम ११ मिनेटमा क्रिस्टियन रोमेरो, कप्तान लियोनल मेस्सी र इन्जुरी समयमा एन्जो फर्नान्डेजले गोल गर्दै टोलीलाई क्वार्टरफाइनल पुर्याए। खेलको शुरूआतमै मेस्सीले पेनाल्टी गुमाएका थिए।
यता भ्यानकुभरमा भएको अर्को खेलमा स्विट्जरल्यान्ड र कोलम्बियाबीच निर्धारित तथा अतिरिक्त समयसम्म गोलरहित बराबरी भएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट भएको थियो। जसमा स्विट्जरल्यान्डले ४–३ को जित निकाल्यो। योसँगै स्विट्जरल्यान्ड सन् १९५४ यता पहिलो पटक विश्वकपको क्वार्टरफाइनलमा पुगेको हो।
अब क्वार्टरफाइनलमा अर्जेन्टिना र स्विट्जरल्यान्ड आमनेसामने हुनेछन्।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
