पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका क्षेत्रमा आज र भोलि सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
काठमाण्डौँ– पहाडी तथा तराई क्षेत्रमा ठूलो पानी पर्न सक्ने सम्भावना भएका क्षेत्रमा आज र भोलि सतर्कता अपनाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आग्रह गरेको छ।
मौसम पूर्वानुमान महाशाखा र विपद् व्यवस्थापन प्राधिकरणले आज र भोलि विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्र तथा तराई/मधेशमा बाढी, पहिरो र भूक्ष्यको जोखिम बढ्न सक्ने भएकाले सावधानी अपनाउन, यात्रामा चनाखो रहन आग्रह गरेका हुन्। मनसुन सक्रिय भएको तथा मनसुनी वायुको प्रभावका कारण देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ।
अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशका एक/दुई ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना छ। मधेस प्रदेश तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराईका धेरै ठाउँ र लुम्बिनी तथा सुदूरपश्चिमका केही ठाउँमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना छ।
मधेशसहित कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा तराईका एक/दुई ठाउँमा आरीघोप्टे र मुसलधारे वर्षाको समेत सम्भावना छ। विशेष गरी ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
