महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
कञ्चनपुर– महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ।
आज बिहान नदीमा पानीको बहाव एक लाख क्युसेक नाघेपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) टेकबहादुर रावतको निर्देशनमा सवारी सञ्चालनमा रोक लगाइएको हो। आज दिउँसो १ः३० बजेको मापनअनुसार महाकालीको जलस्तर एक लाख २४ हजार ४५४ क्युसेक पुगेको छ।
“महाकाली नदीमा जलस्तर बढेपछि शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ”, उनले भने, “बिहानको भन्दा दिउँसोको मापनमा जलस्तर बढेको छ।”
सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा भइरहेको निरन्तर वर्षाका कारण महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेको हो।
सुदूर पहाडमा अझै पनि वर्षा भइरहेकाले नदीको बहाव अझै बढ्न सक्ने सम्भावना रहेको भन्दै महाकाली नदी आसपासका तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन स्थानीय प्रशासनले आग्रह गरेको छ।
जल तथा मौसम विज्ञान विभागले पनि सुदूरपश्चिम प्रदेशका अधिकांश स्थानमा केही दिन मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जनाएको छ। साना नदी, खोला तथा नालामा आकस्मिक बाढी आउन सक्ने भएकाले सतर्क रहन विभागले आग्रह गरेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
