यस्तो रहनेछ आजको मौसम

लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

यस्तो रहनेछ आजको मौसम
फाइल तस्वीर

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार हाल देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्ने तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थान तथा कोशी, मधेश र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

लुम्बिनी प्रदेशका पहाडी भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली र पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेश प्रदेशका तराई भूभागका एक–दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।