राष्ट्रिय मानव अधिकार आयोगले देवानगञ्ज घटनाको शान्तिपूर्णरूपमा वार्ताका माध्यमबाट विवादको समाधान खोजी सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
काठमाडौँ– राष्ट्रिय मानव अधिकार आयोगले देवानगञ्ज घटनाको शान्तिपूर्ण रूपमा वार्ताका माध्यमबाट समाधान खोजी सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ।
सुनसरीको देवानगञ्जमा दुई समुदायबिच भएको विवादको विषयलाई लिएर आयोगले वार्ता र संवादकै माध्यमबाट समस्या समाधान गर्न राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवं सर्वसाधारणलाई अनुरोध गरेको हो।
देवानगञ्जमा दुई समुदायबिच भएको झडप र प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको जनाएको छ।
साथै, आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरूसँग घटनाका बारेमा जानकारी लिइरहेको छ भने घटनाको मानव अधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको जनाएको छ।
आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “सुनसरी घटनापश्चात् देखा परेको शान्ति सुरक्षाको स्थितिलाई मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न आयोग सरकारलाई निर्देशन दिन्छ।”
सामाजिक सद्भाव कायम राख्न सर्वदलीय आह्वान
यसैबिच, जिल्ला प्रशासन कार्यालय सुनसरीमा आज बसेको सर्वदलीय बैठकले सबैलाई सामाजिक सद्भाव कायम राख्न आह्वान गर्ने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेको अध्यक्षतामा बसेको बैठकमा देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाका सम्बन्धमा प्रभावित क्षेत्रमा शान्ति सुरक्षा कायम गर्न सबैले आ-आफ्नो तहबाट प्रभावकारी प्रयास गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेले जानकारी दिए।
अहिले देवानगञ्ज, घुस्की, कप्तानगञ्ज, भुटहा र हरिनगरा बजार क्षेत्रमा स्थानीय प्रशासनले बिहान ७ बजेदेखि निषेधाज्ञा जारी गरेको छ।
कप्तानगञ्जमा गएराति दुई समूहबिच विवाद सिर्जना भएपछि भएको झडपमा गोली लागेर घाइते भएका २४ वर्षीय ओमप्रकाश मेहताको उपचारका क्रममा निधन भएको थियो। सहायक प्रमुख जिल्ला अधिकारी लामिछानेले घटना प्रभावित क्षेत्रमा कुनै पनि अप्रिय घटना हुन नदिन प्रशासनले आवश्यक सुरक्षा संयन्त्र परिचालन गरेको र हाल त्यहाँको जनजीवन सामान्य बन्दै गएको बताए।
बैठकमा जिल्लास्थित प्रमुख राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा सरोकारवालाको सहभागिता थियो।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
