पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ब्रोड पिक हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी आरोही निर्मल पुर्जासहित ६ जना नेपाली आरोही बेपत्ता भएका छन्।
काठमाडौँ- पाकिस्तानको काराकोरम हिमशृङ्खलामा रहेको ब्रोड पिक (८,०४७ मिटर) हिमाल आरोहणका क्रममा हिमपहिरोमा परी आरोही निर्मल पुर्जासहित ६ जना नेपाली आरोही बेपत्ता भएका छन्।
साउन १४ गते (३० जुलाई) आएको हिमपहिरोमा परी उनीहरू बेपत्ता भएको पर्यटन विभागले जनाएको छ। हिमपहिरोमा ६ जना नेपाली र ४ जना विदेशी पर्वतारोहीहरू बेपत्ता रहेका छन्।
विभागद्वारा जारी प्रेस विज्ञप्तिअनुसार बेपत्ता हुने नेपाली आरोहीहरूमा निर्मल पुर्जाका साथै पुरबहादुर गुरुङ 'युक्त', किली पेम्बा शेर्पा 'किलु', निमा शेर्पा, नवाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा रहेका छन्।
बेपत्ता नेपाली आरोहीहरूको खोजतलासका लागि पाकिस्तानस्थित नेपाली दूतावासमार्फत पाकिस्तान सरकारसँग निरन्तर समन्वय भइरहेको विभागले जानकारी दिइएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
