यस्तो रहनेछ आजको मौसम

मनसुनको न्यून चापीय रेखा पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

यस्तो रहनेछ आजको मौसम
फाइल तस्वीर

काठमाडौँ- देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पूर्वी भूभागमा सरदर स्थानको आसपास तथा पश्चिमी भूभागमा सरदर स्थानभन्दा केही उत्तरतर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका साथै कोशी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी भूभागमा साधारणतया बादल लागेको छ। मधेश प्रदेश तथा कोशी र लुम्बिनी प्रदेशका तराई भूभागमा आंशिक बादल लागेको छ। बागमती र कर्णाली प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। देशका हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना रहेको छ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका थोरै स्थानमा मध्यमसम्मको वर्षाको सम्भावना रहेको छ। तराई भूभागका थोरै स्थानमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।