यस्तो रहनेछ आजको मौसम

बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

काठमाडौँ– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

हाल देशभर साधारणतया बादल लागेको छ। कर्णालीका केही स्थान तथा कोशी, बागमती र लुम्बिनीका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा भइरहेको छ। मधेश, गण्डकी र सुदूरपश्चिमका एक–दुई स्थानमा पनि मध्यम वर्षा भइरहेको छ। कर्णालीको पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ।

आज दिउँसो देशभर साधारणतया बादल लाग्नेछ। हिमाली भू–भागका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भू–भागका धेरै स्थान तथा कर्णाली र सुदूरपश्चिमका पहाडी भू–भागका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ।

मधेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका तराईका केही स्थान तथा सुदूरपश्चिमका थोरै स्थानमा पनि मध्यम वर्षाको सम्भावना छ। मधेश तथा कोशी र लुम्बिनीका तराईका थोरै स्थानमा हावाहुरी चल्न सक्नेछ। बागमती, गण्डकी र लुम्बिनीका पहाडी तथा तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

त्यस्तै, आज राति पनि देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती र गण्डकीका हिमाली भू–भागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली भू–भागका थोरै स्थानमा मध्यम वर्षा तथा हिमपातको सम्भावना छ। पहाडी भू–भागका केही स्थानमा तथा तराईका केही स्थानमा मेघगर्जन/चट्याङसहित मध्यम वर्षा हुन सक्नेछ।

बागमती र गण्डकीका पहाडी भू–भाग तथा लुम्बिनीको तराईका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।