राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठन भएको ६ वर्षपछि स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयकको मस्यौदा तयार भई स्वीकृतिका लागि कानून मन्त्रालय पठाउने तयारी गरिएको छ।
काठमाडौँ– राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति गठनको ६ वर्षपछि ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’को मस्यौदा तयार भएको छ।
रक्षा मन्त्रालयले उक्त मस्यौदा तयार गरी सम्बन्धित निकायहरूबाट परामर्श लिइसकेको जनाएको छ। सो मन्त्रालयको गत जेठ महिनाको प्रगति विवरणमा ‘राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय स्थापना तथा व्यवस्थापनसम्बन्धी विधेयक’ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, विश्वविद्यालय अनुदान आयोग र अर्थ मन्त्रालयबाट राय/सुझाव लिई प्राप्त सहमतिअनुसार संशोधनका लागि कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाउने क्रममा रहेको’ भनिएको छ।
विकास समिति ऐन, २०१३ को दफा ३ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारले गत वैशाख १० गते राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय पूर्वाधार निर्माण विकास समिति (गठन) आदेश, २०७६ मा ६ औँ संशोधन गरी पूर्वाधार विकास समितिको कार्य अवधि १ वर्ष थपेको छ। गत वैशाख १० गतेको नेपाल राजपत्रको भाग–३ अन्तर्गत रक्षा मन्त्रालयको सूचनामार्फत सो जानकारी दिइएको थियो।
गठन आदेशको दफा २५ को (१) मा उक्त पूर्वाधार विकास समितिको अवधि ६ वर्ष रहने भन्ने उल्लेख भएकामा ६ औँ संशोधनबाट ७ वर्ष कायम गरिएको हो। पूर्वाधार निर्माणका कार्य पूरा नभएकाले यसअघि पनि उक्त पूर्वाधार विकास समितिको अवधि पटकपटक थप गरिएको छ। विश्वविद्यालयको स्थापना, सञ्चालन तथा व्यवस्थापनका लागि आवश्यक भौतिक, संस्थागत तथा कानूनी तयारी गर्न सो पूर्वाधार विकास समिति गठन गरिएको हो।
राष्ट्रिय सुरक्षा र प्रतिरक्षा विषयमा अध्ययन, अध्यापन र अनुसन्धानका लागि नेपाली सेनाको सक्रियतामा राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय (नेसनल डिफेन्स युनिभर्सिटी एनडीयू) स्थापना गर्न खोजिएको हो।
हाल नेपालमा सैनिक कमान्ड तथा स्टाफ कलेज, नेपाली सैनिक वार कलेजलगायत शिक्षण संस्था सञ्चालनमा छन्। नयाँ स्थापना हुने विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनदेखि सुरक्षा नीति निर्माणसम्मको अध्ययन अध्यापन हुनेछ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
