कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भएको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ।
कर्णाली– कर्णाली राजमार्गको दैलेख सडकखण्डमा दुर्घटना भएको यात्रुवाहक फोर्स गाडी कर्णाली नदीमा डुब्दा उद्धार कार्यमा कठिनाइ भएको छ। नदीमा जलसतह बढेको र गाडी नदेखिने गरी डुबेकाले उद्धारमा समस्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए।
उनका अनुसार सुर्खेतबाट कालीकोटतर्फ जाँदै गरेको कर्णाली प्रदेश ०२-००१ ख १०५५ नम्बरको फोर्स गाडी आज बिहान ११ः३० बजे चामुण्डाबिन्द्रासैनी नगरपालिका–७ दैलेखको साङ्गेतडास्थित सडकबाट दुर्घटना भई कर्णाली नदीमा खसेको थियो।
उक्त स्थानबाट नाम, थर र वतन नखुलेका एक जना पुरुषलाई भिरमा अचेत अवस्थामा अड्किएको रूपमा उद्धार गरिएको प्रहरी नायब उपरीक्षक विकले बताए। उद्धारका सामग्रीसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल गुल्म दैलेख र माथिल्लो कर्णाली जलविद्युत् आयोजना सुरक्षा बेसका जनशक्तिले संयुक्त रूपमा खोजतलास गरिरहेको उनले जानकारी दिए।
प्रहरी नायब उपरीक्षक विकका अनुसार कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी नायब महानिरीक्षक जयराज सापकोटासहित गोताखोरको टोली सुर्खेतबाट घटनास्थलतर्फ हिँडिसकेको छ। सुर्खेत बसपार्कबाट आज बिहान ८ः०० बजे छुट्दा गाडीमा पाँच जना सवार रहेको भनिए पनि दुर्घटनाको समयमा कति जना थिए भन्ने कुरा अझै यकिन हुन नसकेको उनले बताए।
गाडी सडकबाट करिब ४०० मिटर तल खसेर कर्णाली नदीमा डुबेको अनुमान गरिएको छ। गाडी डुबेको स्थान पाल्तडा प्रहरी चौकीबाट तीन किलोमिटर उत्तरतर्फ र जिल्ला प्रहरी कार्यालय दैलेखबाट ५० किलोमिटर पश्चिमतर्फ पर्दछ। भौगोलिक अवस्था जटिल भएकाले घटनास्थलको थप विवरण आउन समय लाग्ने प्रहरीले जनाएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
