संक्रमित कागहरू बथानका बथान उडेर एक ठाउँबाट अर्को ठाउँमा जाने र नियन्त्रण गर्न कठिन हुने भएकाले काठमाडौँ उपत्यकाभर बर्डफ्लुको संक्रमण फैलिएको पशु सेवा विभागले जनाएको छ।
काठमाडौँ– कागका कारण काठमाडौँ उपत्यकामा बर्डफ्लु फैलिएको पशु सेवा विभागले बताएको छ।
विभागका महानिर्देशक डा. उमेश दाहालले कागमा बर्डफ्लु देखिएकाले उपत्यकाभर फैलिएको बताए। “कुखुरामा देखिएको बर्डफ्लुलाई नियन्त्रणमा लिन सकिन्छ। तर बर्डफ्लु देखिएका कागलाई नियन्त्रणमा लिन सकिँदैन”, उनले भने, “सदर चिडियाखानालगायत धेरै ठाउँमा कागले संक्रमण सारेको छ।”
महानिर्देशक डा. दाहालले सङ्क्रमित कागले एक ठाउँबाट उडेर अर्को ठाउँमा संक्रमण सार्ने गरेको बताए। कागमा देखिएको संक्रमण २१ दिनसम्म रहने भएकाले यसले धेरै नै बर्डफ्लु रोग सार्न सक्ने उनको भनाइ छ। “काग मरेपछि कहाँ मरेको भन्ने थाहा हुँदैन। अनि त्यही मरेको कागले बर्डफ्लु सार्ने गरेको छ। कागको सुलीले पनि धेरै नै बर्डफ्लु सार्ने गर्दछ”, उनले भने।
हाल काठमाडौँ उपत्यकाका तीनै जिल्लामा बर्डफ्लु देखिएको छ। उनका अनुसार अहिले देशभर ११ जिल्लाका १०० ठाउँमा बर्डफ्लुको संक्रमण देखिएको छ।
महानिर्देशक डा. दाहालले उपत्यकामा कीर्तिपुर र कागेश्वरी मनहराबाहेक सबै ठाउँमा बर्डफ्लु नियन्त्रणमा आइसकेको जानकारी दिए। बर्डफ्लु पन्छीमा लाग्ने उच्च मृत्युदर भएको एक सङ्क्रामक रोग हो। उनले उपत्यकामा कागमा बर्डफ्लु देखिएपछि विशेष सावधानी अपनाउन आग्रह गरिएको बताए।
विभागले उपमहानिर्देशकको नेतृत्वमा बर्डफ्लु रोग नियन्त्रण कक्ष स्थापना गरी रोग देखिएको ठाउँमा सङ्घ, प्रदेश र स्थानीय तहको समन्वयमा बर्डफ्लु रोग नियन्त्रण अभियान सञ्चालन गर्दै आएको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
