नेप्से परिसूचक २६ अंकले घट्यो, साढे तीन अर्बको शेयर कारोबार

नेप्से परिसूचक आज २६.२९ अंकले ओरालो लागेर २६२७.११ को विन्दुमा सीमित भएको छ।

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक २६.२९ अंकले ओरालो लागेर २६२७.११ को विन्दुमा सीमित भएको छ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ३.५३ अंकले ओरालो लागेर ४५६.२७ मा पुगेको छ। आज कुल ३५६ कम्पनीको ७५ लाख ४० हजार ४१८ कित्ता शेयर तीन अर्ब ५५ करोड ७९ लाख ८१ हजार ४९८ रुपैयाँमा खरिद-बिक्री भयो।

नेप्सेका अनुसार नेपाल इन्भेष्टमेन्ट बैंकको ऋणपत्र–२०८४, सेन्ट्रल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, आँखु खोला जलविद्युत् कम्पनी र ग्लोबल आइएमई बैंकको डिबेन्चर कारोबारका आधारमा शीर्ष पाँचभित्र पर्न सफल भए।

बजार ओरालो लागे पनि आज स्नो रिभर लिमिटेड, सानिगाड हाइड्रो, कालङ्गा हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र एसबिएल डिबेन्चरका लगानीकर्ताले कमाए। अर्कोतर्फ, थ्री स्टार हाइड्रोपावर, नेपाल फाइनान्स, खानीखोला हाइड्रोपावर, एनआइबिएल स्टेबल फण्ड र उपकार लघुवित्तका लगानीकर्ताले भने गुमाए।