बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागमा भारी वर्षाको सम्भावना
फाइल तस्वीर

काठमाडौँ– देशभर मनसुनी वायु सक्रिय रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। हिमाली र पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।

लुम्बिनी प्रदेशका तराईका केही स्थान, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ।

आज राति राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका केही स्थान, पहाडी भूभागका केही स्थान तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ। साथै बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थान तथा कोशी र मधेश प्रदेशका तराईका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने विभागले जनाएको छ।

विभागका अनुसार गण्डकी प्रदेशको पहाडी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका एक–दुई स्थानमा राति भारी वर्षाको सम्भावना  छ।