इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले वर्षायाम शुरू भएसँगै डेंगु संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।
काठमाडौँ– पानी पर्न थालेपछि डेंगु संक्रमणको जोखिम बढ्ने भएकाले आवश्यक सतर्कता अपनाउन इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाले सबैमा अनुरोध गरेको छ। महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा. गोकर्णप्रसाद दाहालले दैनिक पानी पर्न थालेपछि डेंगुको जोखिम पनि बढ्ने भएकाले सतर्कता अपनाउन सबैलाई आग्रह गरे।
“केही दिनअघि परेको पानीले डेंगु संक्रमण बढाउने खतरा रहेको छ”, उनले भने, “आकाशबाट परेको पानी जम्मा हुँदा त्यसमा डेंगु सार्ने लामखुट्टेको विकास हुने गर्छ। त्यही लामखुट्टेले डेंगु सार्ने गर्छ।”
असार ९ गतेदेखि १५ गतेसम्म ६३ जनामा डेंगु देखिएको जनाउँदै डा. दाहालले अहिले दैनिक जस्तो पानी परिरहेकाले सडक, घर छेउछाउका पानी जम्न सक्ने खल्डाखुल्डीमा लामखुट्टेका प्रजाति विकसित हुने हुँदा संक्रमण बढ्न सक्ने बताए। डेंगुबाट बच्न घर वरिपरिका खल्डाखुल्डीमा पानी जम्न नदिने, नियमित सरसफाइ गर्ने र सुत्ने बेला झुलको प्रयोग गर्ने लगायतका उपाय अपनाउन सकिने उनले सुझाव दिए।
कीटजन्य रोग शाखा प्रमुख डा. दाहालका अनुसार डेंगु संक्रमणको जोखिम असारदेखि कात्तिकसम्म कायम रहन्छ। “पानी जम्ने सफा ठाउँमा ‘एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्छ र ती फुलबाट लार्भा निस्कन्छ। त्यही लार्भा वयस्क भएर मानिसलाई टोकेपछि डेंगु रोग लाग्छ। त्यसैले लामखुट्टेले फुल पार्न सक्ने सम्भावित ठाउँ पहिचान गरी सरसफाइमा विशेष ध्यान दिनु जरुरी छ”, उनले भने।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
