साफ यू२० च्याम्पियनसिप: भुटानमाथि नेपालको जित

माल्दिभ्समा जारी यू२० साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको उद्घाटन खेलमा नेपाल भुटानमाथि २–१ गोल अन्तरले विजयी भएको छ।

काठमाडौँ– बीस वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगितामा नेपालले भुटान पराजित गरेको छ।

माल्दिभसको मालेस्थित राष्ट्रिय फुटबल रंगशालामा सोमबार भएको उद्घाटन खेलमा नेपालले भुटानमाथि २–१ को जित हासिल गरेको हो।

नेपालको जितमा सुजन डंगोल र सुवास वमले समान एक–एक गोल गरे। यता भुटानका लागि धेनदुप ग्यालसेनले गोल फर्काए।

खेलको पाँचौँ मिनेटमा सुजनले गोल गर्दै नेपाललाई पहिलो अग्रता दिलाए। त्यसपछि खेलको ५२औँ मिनेटमा सुवासले गोल गर्दै नेपाललाई २–० गोलको अग्रता बनाए।

खेलको ८३औँ मिनेटमा भुटानका धेनदुपले गोल गर्दै खेललाई २–१ तर्फ अगाडि बढाए। त्यसपछि खेलमा गोल हुन सकेन र नेपालले भुटानमाथि २–१ को जित दर्ता गरायो।