मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टोली हङकङसँग ६९ रनले पराजित भएको छ।
काठमाडौँ– मलेसियामा जारी एसीसी महिला प्रिमियर कपको समूह चरणको अन्तिम खेलमा नेपाली महिला क्रिकेट टोली हङकङसँग ६९ रनले पराजित भएको छ।
मलेसियाको कोलेज टुङ्कु जाफर क्रिकेट ओभल मैदानमा शनिबार भएको खेलमा जितका लागि ११० रनको लक्ष्य पछ्याएको नेपाल १३.३ ओभरमा सबै विकेट गुमाएर ४० रनमा समेटियो।
नेपालका लागि सोनी पाख्रिनले सर्वाधिक १२ र रुबिना क्षेत्रीले १० रन बनाइन्। अन्य खेलाडीले दोहोरो अंक जोड्न सकेनन्।
नेपाललाई सस्तैमा समेट्न हङकङकी इकरा सहरले ४ विकेट लिइन् भने चान का र मार्यम बिबीले २–२ तथा सिउ मेइ र जोइलिन धलिवालले १–१ विकेट लिए।
यसअघि टस हारेर ब्याटिङ गरेको हङकङले २० ओभरमा ३ विकेट गुमाएर १०९ रन बनाएको थियो। हङकङका लागि यासमिन दसवानीले अविजित ४२, मारिको हिलले २९ र मारिना लाम्पलोहले अविजित १८ रन जोडे। बलिङतर्फ नेपालकी रिया शर्मा र रुबिना क्षेत्रीले १–१ विकेट लिए।
पराजित भए पनि नेपाल यसअघि नै क्वार्टरफाइनलमा प्रवेश गरिसकेको छ। एसिया कपमा छनोट हुनका लागि नेपालले क्वार्टरफाइनल खेल जित्दै सेमिफाइनलमा पुग्नुपर्ने प्रावधान रहेको छ।
Unlock Premium News Article
This is a Premium Article, available exclusively to our subscribers. Read such articles every month by subscribing today!
Basic(Free) |
Regular(Free) |
Premium
|
|
|---|---|---|---|
| Read News and Articles | |||
| Set Alert / Notification | |||
| Bookmark and Save Articles | |||
| Weekly Newsletter | |||
| View Premium Content | |||
| Ukaalo Souvenir | |||
| Personalize Newsletter | |||
