गृहमन्त्री श्रेष्ठले देशले समृद्धिमा फड्को मार्न नसक्नुमा सुशासन स्थापित गर्न नसक्नु रहेकाले वर्तमान सरकारले भ्रष्टाचारको प्रभावकारी नियन्त्रणसहित अन्य कदम चालिरहेको बताए।
एमाले अध्यक्ष केपी शर्मा ओलीले बाँसबारी जग्गा प्रकरणमा पक्राउ परेका उद्योगी–व्यवसायी अरुण चौधरीलाई हिरासतमा नभई अस्पतालमा राखिएको भन्दै आपत्ति जनाएका छन्।
जनताको सार्वभौमसत्ताको प्रयोग हुने सबैभन्दा माथिल्लो सभाका रूपमा रहने संघीय संसद्को वर्षे र हिउँदे अधिवेशनबीच ६ महिनाभन्दा बढी समय खाली हुन नहुने संवैधानिक व्यवस्था छ।
संसद् अधिवेशन जारी रहँदासम्म सांसदहरूलाई काठमाडौँ नछोड्न र बैठकहरूमा अनिवार्य उपस्थित हुन निर्देशन दिइएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले बताए।
टीआरसी विधेयकलाई बहुमतले नभई राम्रो बनाएर सहमतिमा नै पास गर्नुपर्ने ओलीको भनाइ छ।
बैठकले उद्योगमन्त्री रमेश रिजालको अध्यक्षतामा निजी क्षेत्रको पनि प्रतिनिधित्व हुनेगरी राष्ट्रिय व्यापार सहजीकरण समिति गठन गर्ने पनि निर्णय गरेको छ।
ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित एक होटलमा खाना खान लाग्दा नेम्वाङ बिरामी परेको एमाले जिल्ला उपसचिव मणिशंकर पोमुले जानकारी दिए।
प्रधानमन्त्री दाहालले रोजगारी प्रवर्द्धन र विद्यार्थीलाई आकर्षित गर्ने कार्यक्रम ल्याएर युवालाई स्वदेशमै आकर्षित गर्न हरसम्भव प्रयास गर्नुपर्ने बताएका छन्।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत कोशी प्रदेशमा सत्ता गठबन्धनका उम्मेदवार पराजयको विषयले गठबन्धनमा फरक नपर्ने कांग्रेस प्रमुख सचेतक रमेश लेखकको भनाइ छ।
सांसद श्रेष्ठले उपकुलपति छनोट कार्यविधि आधारभूतमा रूपमा अस्पष्ट, अपूर्ण र समस्याग्रस्त पाइएको भन्दै पुनरावलोकन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ध्यानाकर्षण गराएकी छन्।
एकीकृत समाजवादीको केन्द्रीय परिषद् बैठकले सबै कमिटीका पदाधिकारी तथा सदस्यको चयन महाधिवेशन वा सम्बन्धित तहका अधिवेशनबाट प्रत्यक्ष रूपमा निर्वाचितबाट गर्ने निर्णय गरेको छ।
प्रधानमन्त्री दाहालले तत्कालीन राजा वीरेन्द्रको वंश विनाश हुने गरी भएको दरबार हत्याकाण्डको अनुसन्धान हुने बताएका छन्।
प्रतिपक्ष दलका सांसदहरूले भारतसँग हालै गरिएको विद्युत् व्यापारसम्बन्धी सम्झौता तत्काल सार्वजनिक गर्न सरकारलाई दबाब दिएका छन्।
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रियसभा निर्वाचनमा सत्तारूढ गठबन्धनभित्र उलटफेर ल्याउने एमालेको प्रयासलाई आफूहरूले असफल बनाएको दाबी गरेका छन्।
जनतामा छाएको निराशा चिर्न र स्थानीयस्तरका गुनासा सुन्नका लागि पार्टीले संवाद यात्राको शरूआत गरेको थापाले बताएका छन्।
वीरगन्ज महानगरका मेयर राजेशमान सिंह र उनका पुराना प्रतिद्वन्द्वी मोहम्मद सहाबुद्दिनबीच दशकौँदेखि चलेको बदलाबाजीले पल्टा खाएको छ। पहिले सहाबुद्दिन र अहिले सिंहलाई तनाव दिने ‘नागरिकता काण्ड’को नालीबेली:
माओवादी केन्द्र संसदीय दलको असन्तुष्ट बहुमत सदस्यको शुक्रबार बसेको बैठकको निर्णयबाट दलको नेता परिवर्तन गरिएको उपनेता अक्कलबहादुर रावलले जानकारी दिए।
सांसदहरूले राज्यका महत्त्वपूर्ण अभिलेख तथा ऐतिहासिक दस्ताबेज नष्ट गर्नेविरुद्ध राष्ट्रद्रोहसरहको मुद्दा चलाएर कारबाही गर्नुपर्नेमा जोड दिएका छन्।
अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै अर्थमन्त्री महतले राजस्वको दृष्टिकोणबाट सरकार धेरै दबाबमा रहेको बताएका छन्।
राष्ट्रियसभा निर्वाचनअन्तर्गत बिहीबार सम्पन्न मतदानको परिणामअनुसार कोशी प्रदेशमा मात्र एमालेले एक सिट जितेको छ।१८ सिटमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन्।